नेपाल सेल्स मिशन यूरोप २०१९ सफलतापूर्वक सम्पन्न

तस्बिरः बिएल

नेपाल सेल्स मिशन यूरोप २०१९ सफलतापूर्वक सम्पन्न भएको छ।

स्पेनको वार्सामा मे २७, भियानामा मे २९ र म्यूनिखमा मे ३१मा सम्पन्न भएको छ।

नेपाल पर्यटन बोर्डद्वारा आयोजित यस सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनीहरु– द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालको सहभागिता थियो।

सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीले युरोपयन  समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर बिक्रम राणाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएको थियो जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षणहरु समाबेस गरिएका थिए।

उक्त कार्यक्रमका सहभागीहरू नेपाल भ्रमण वर्ष २०२० लाई लिएर अभियानका बारेका जान्न उत्सुक देखिन्थे।

जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले यस किसिमको सेल्स मिशनले यूरोपका पर्यटन ब्यवसायीहरुसँग सम्बन्धमा घनिष्टता ल्याई नेपाली बजार बलियो र विस्तार गर्ने बताए ।

नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिशनमा सहभागीहरु मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो।

२०१८ मा अन्तर्राष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाशिल भएको थियो। हालको बृद्धिदर र अन्तराष्ट्रिय प्रबद्र्धनले पर्यटनको सकारात्मक प्रवृत्तिलाई इङ्गित गर्छ।म

प्रकाशित मिति: : 2019-06-03 18:25:29

प्रतिकृया दिनुहोस्