भूमे रूकुम (पूर्व)
रूकुम पूर्वको भूमा सोमबारदेखि असार ५ गतेसम्म दोस्रो ‘परम्परागत सांस्कृतिक प्रतियोगिता-२०७६’ सुरू भएको छ।
भूमे पर्वको उपलक्षयमा ‘स्थानीय भाषा संस्कृतिको संरक्षण गरौं’ भन्ने मुल नाराको साथ सांस्कृतिक प्रबर्द्धनका लागि भन्दै खुला अन्तर गाउँ सांस्कृतिक प्रतियोगिता आयोजना गरेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।
मगर खाम भाषी बाहुल्यता भएको रूकुम (पूर्व) को भूमे गाउँपालिकाका सबै गाउँ, पुथा उत्तरगंगा गाउँपालिका, पूर्वोत्तर रोल्पाको थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिकालगायतमा भूमे पर्व धुमधामले मनाईन्छ।
हाल पश्चिम रूकुमको सदरमुकाम खलंगा, दाङको घोराही, काठमाडौंसहित मुख्य सहरहरुमा समेत यो पर्व मनाईरहेको छ।
भूमे पर्व अठार मगरात क्षेत्रका मगर समुदायको सबैभन्दा ठूलो चाड हो। प्रकृतिपूजक यस क्षेत्र मानिसहरू असार १ गतेदेखि एक सातासम्म पर्व मनाउँछन्।
पर्व सुरू हुन अघिल्लो दिन नजिकका लेकमा फूल टिप्न युवा युवतीहरू जान्छन्, लेकमा धुप हालेर पूजा गरेर अर्को दिन नाच्दै गाउँदै गाँउ फर्किन्छन्।
भूमे पूजामा जमिनको पूजा गर्ने चलन छ। हिउँदेबाली भित्र्याएको खुसियाली र बर्खेबालीमा कुनै हानी नहोस् भनेर भूमे पूजा गरिँदै आएको छ।
साथै बाढीपहिरो जस्ता दैवी प्रकोप नआओस् भनेर भूमेथानमा बलि पनि चढाइन्छ। नेपाली महिनाको असार १ गते भूमे पूजा गरिन्छ। गाउँ–ठाउँ हेरेर एक दिनदेखि एक सातासम्म भूमे पूजा गर्ने चलन छ ।
प्रतियोगितामा भूमे नाच, नचारू, मयुर, फाँक, झोरेलनी, पैसेरू नाँचहरू समेटिएको छ। यस वर्ष भूमे नाँच प्रतियोगितामा ८ समूह, पैसेरूमा ५, नचारू नाँचमा ३, फाँक नाचमा ४, मयुर ३ र झोरेलनी २ समूहले भाग लिईरहेका छन्।
कार्यक्रमका आयोजक संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रूकुम (पश्चिम) र सह-आयोजक मौलिक सांस्कृतिक कला केन्द्र र खाम मल्टी सोसल अर्गनाईजेशन रूकुम (पूर्व) हुन्। भूमे गाउँपालिकाले यस कार्यक्रमलाई सहयोग गरेका हुन्।
उद्घाटन कार्यक्रम भूमे गाउँपालिकाका बिभिन्न गाउँबाट सांस्कृतिक झाँकिहरू प्रदर्शन गरेको थियो। उक्त प्रतियोगिता कार्यक्रम ५ गतेसम्म चल्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया