नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले नेपालको नक्सा सार्वजनिक गरेको हो।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी ‘सीमा बचाऊ’ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।
नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताए। नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उनले जानकारी दिए।
नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा. डा. खनालले भने ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो। सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको छ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया