भूकम्पको बेला काठमाण्डू रहेका एक पोर्चुगिज साइकल यात्रीको समाजसेवाबाट प्रभावित भएर अर्का एक पोर्चुगिज नागरिक पेद्रो बेन्तो १० हजार किलोमिटर साइकल यात्रा गरेर काठमाण्डू पुगेका छन् ।
एक किलोमिटर बराबर एक यूरोको योजनासहित सामाजिक सञ्जालमा आफ्नो यात्राबारे बताउँदै चन्दा जम्मा गर्दै काठमाण्डू पुगिसक्दा अनुमान गरेभन्दा बढी चन्दा जम्मा भएको छ ।
४० वर्षीय पेद्रो पोर्चुगलको सान्तारायँ नगरपालिकाका बासिन्दा हुन् । उनी खेलकूदमा रुचि भएका सक्रिय समाजसेवी हुन् । अनाथ, अपाङ्ग र टुहुरा केटाकेटीको सहयोग गर्न पाउँदा असाध्यै भाग्यमानी मान्ने पेद्रो जंगलमा आगलागी हुँदा आगो निभाउन तयार सहयोगी व्यक्ति हुन् । उनी अरूको सेवा गर्न जस्तोसुकै जोखिम लिन पनि हरदम तयार रहन्छन् ।
०७२ सालको विनाशकारी भूकम्पले नेपालमा धनजनको क्षति भएको बेला संयोगवश काठमाण्डूमा रहेका पोर्चुगिज साइकलयात्री पेद्रो केइरोसको कामलाई पोर्चुगलमै बसेर उनले नियालिरहेका थिए । उनको मनमा आफूले पनि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । पछि उनले आफ्नै नगरबासी केइरोसलाई भेटे र आफूले पनि उनको अनुसरण गर्ने बताए ।
केही वर्ष अघि साइकल दुर्घटनामा परेर झण्डै अपांग भएका बेन्तो सामान्य जीवनमा फर्किए पनि पेशागत रुपमा साइकल चलाउन नसक्ने भए । हिम्मत हारेनन् । अन्ततः उनले १० हजार किलोमिटर टाढा रहेको काठमाण्डूको माटो छोएरै छाड्ने प्रतिज्ञा गरे ।
पानीको बोतल, एक डल्लो स्लिपिँग ब्याग, आवश्यक औषधी लगायत नक्सा भरिएको झोला बोकेर उनी एक्लै लागे स्पेनतिर । स्पेनबाट फ्रान्स, इटली, स्लोभानिया, क्रोएशिया, मोन्टेनेग्रो, अल्बानिया, बुल्गेरिया, टर्की हुँदै इरान पुगे । इरानबाट अफगानिस्तानको यात्रा तय गर्ने क्रममा बाटोमा तालिबानीले विदेशीको हत्या गरेको खबर आयो । पाकिस्तानको पैदल मार्ग पनि असुरक्षित छ भनेर इरानी अधिकारीले यात्रा नगर्न सल्लाह दिए ।त्यसपछि उनी तेहरानबाट भारतसम्मको हवाइ यात्रा गर्न बाध्य भए ।
ड्रिम्स अफ काठमाण्डू परियोजनालाई अघि बढाउँन सामाजिक काममा लाग्ने बताउँदै पेद्रो बेन्तोले भने, धेरै नेपाली पोर्चुगलमा काम गर्नुहुन्छ । बस्नुहुन्छ । नेपाल र पोर्चुगलको सम्बन्ध बढ्दै गएको छ । सुन्नोस् त काठमाण्डू भन्ने बित्तिकै दाल, भात, तरकारी र पिरो चटनीको कुरा भैहाल्छ । अनि तात्तातो मम कसरी भुल्ने ? सबै सहयोगी, सबै खुला र सफा मन भएका नेपाली । मैले सुनेभन्दा धेरै राम्रो रहेछ नेपाल ।
भारतबाट भने साइकलमै नेपालतिर लागे उनी । युरोपेली बनावट, बाटाघाटा, मौसम लगभग उस्तै लाग्यो । तर एशियाका बाटा, मौसम र मानिसहरु असाध्यै भिन्न महसुस गरे । मानिसहरु कति सफा हृदय भएका रहेछन् । मलाई इरान, भारत र नेपालमा भेटेका मानिसप्रति असाध्यै श्रद्धा लागेर आयो । सबैको स्नेह, श्रद्धा । अहा । नेपालमा त लौ आज हाम्रो घरमा खान जाउँ भनेर लैजाने मानिसहरू नै भेटिए । पोर्चुगलमा कसले लैजान्छ यसरी अपरिचित मान्छेलाई घरमा ? उनले अनुभव सुनाउँदै भने ।
पेद्रो केइरोसले भूकम्पपीडित भक्तपुरका स्कूलमा सहयोग गरेका थिए। ड्रिम्स अफ काठमाण्डू भन्ने परियोजना नै बनाएर उनले काम गरिरहेका छन् । नेपाल केइरोसले भने जस्तै रहेछ । मलाई असाध्यै मन पर्यो काठमाण्डू ।
उनले जम्मा गरेको पैसा काठमाण्डूमा सडक बालकको लागि शिक्षा, कपडा र स्वास्थ्य सेवामा खर्च गरेका छन् । त्यसबाहेक वर्षेनी हिउँदमा आगलागीमा परेर अग्नी नियन्त्रकले ज्यान गुमाउने हुँदा आफ्नै ठाउँको अग्नि नियन्त्रककर्मीलाई सजिलै आगोले नटिप्ने आधुनिक कपडा किनिदिए । साइकल दुर्घटनामा परेर अपाँग भएका साथी लुईस जेजुँको ह्विल चेयरको पाँग्रा फेरिदिए ।
पैसा अझै जम्मा हुँदैछ । अरु पैसा नेपालका भूकम्प पीडित केटाकेटीको लागि खर्च गर्दैछन्। महत्वपूर्ण कुरा के छ भने, उनले आफूले जम्मा गरेको पैसा र खर्च गरेको सबै ब्यहोरा सामाजिक सञ्जाल र आफ्नो ब्लगमा जस्ताको तस्तै राखेका छन् ।
७१ दिनको यात्रापछि नेपालबाट अप्रिलको दोश्रो साता फर्किएका बेन्तोलाई स्थानीय नगरपालिकाले साइकल यात्रा सफल पारेकोमा र नगरपालिकालाई आर्थिक सहयोग गरेकोमा धन्यवाद कार्यक्रमको आयोजना गरेको थियो । सांस्कृतिक आदानप्रदान मात्र नभएर अग्नी नियन्त्रकलाई बेन्तोले गरेको सहयोगले आफूहरु सबैलाई अझ जिम्मेवार बनाएको भन्दै नगरप्रमुखले स्याबासी दिए । यस्ता असल नागरिकको नगरमा काम गर्न पाउनु आफ्नो भाग्य भएको उनले बताए ।
ड्रिम्स अफ काठमाण्डू परियोजनालाई अघि बढाउँन सामाजिक काममा लाग्ने बताउँदै पेद्रो बेन्तोले भने, धेरै नेपाली पोर्चुगलमा काम गर्नुहुन्छ । बस्नुहुन्छ । नेपाल र पोर्चुगलको सम्बन्ध बढ्दै गएको छ । सुन्नोस् त काठमाण्डू भन्ने बित्तिकै दाल, भात, तरकारी र पिरो चटनीको कुरा भैहाल्छ । अनि तात्तातो मम कसरी भुल्ने ? सबै सहयोगी, सबै खुला र सफा मन भएका नेपाली । मैले सुनेभन्दा धेरै राम्रो रहेछ नेपाल ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया