बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।
बर्काउले हाउस अफ कमन्समा लगातार १० वर्ष सभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का समर्थक समेत रहेका सभामुख बर्काउ बेलायती संसदमा निकै प्रभावशाली व्यक्ति थिए ।
बेलायतको संसदको सभामुखका लागि आठ जना प्रतिस्पर्धी छन् जसमा बर्काउका तीन जना उपप्रमुखहरु लिन्ड्से होयल, रोजी विन्टर्टन र एलिनार लाइङ तथा लेबर पार्टीका नेता हारियट हर्मन रहेका छन् ।
उम्मेदवार हुन चाहने प्रत्येक व्यक्तिलाई सांसदहरुसँग छलफल गर्न पाँच मिनेटको समय दिइने बताइएको छ । मतदान भने गोप्य हुनेछ । प्रत्येक मतदानमा सबैभन्दा कम मत ल्याउने व्यक्ति हट्दै जाने र अन्तमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति निर्वाचित भएको घोषणा गरिनेछ ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया