बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।
बर्काउले हाउस अफ कमन्समा लगातार १० वर्ष सभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का समर्थक समेत रहेका सभामुख बर्काउ बेलायती संसदमा निकै प्रभावशाली व्यक्ति थिए ।
बेलायतको संसदको सभामुखका लागि आठ जना प्रतिस्पर्धी छन् जसमा बर्काउका तीन जना उपप्रमुखहरु लिन्ड्से होयल, रोजी विन्टर्टन र एलिनार लाइङ तथा लेबर पार्टीका नेता हारियट हर्मन रहेका छन् ।
उम्मेदवार हुन चाहने प्रत्येक व्यक्तिलाई सांसदहरुसँग छलफल गर्न पाँच मिनेटको समय दिइने बताइएको छ । मतदान भने गोप्य हुनेछ । प्रत्येक मतदानमा सबैभन्दा कम मत ल्याउने व्यक्ति हट्दै जाने र अन्तमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति निर्वाचित भएको घोषणा गरिनेछ ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया