
नर्वेले लेबनानमा शिविरमा बस्दै आएका सिरियाली शरणार्थीको सहयोगका लागि बार्षिक चार करोड अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउने भएको छ।
लेबनानी सञ्चारमाध्यमका अनुसार लेबनानका लागि नर्वेका राजदूत लेनी स्टेनसेथले बिहीबार उक्त सहयोगको घोषणा गरेका हुन्।
लेबनानलाई आर्थिक सहयोग गर्ने मुलुकहरूको सूचीमा नर्वे पाँचौँस्थानमा भएको र नर्वेले अन्य देशमा रहेका सिरियाली शरणार्थीको सहयोगका लागि दिँदै आएको रकमको तुलनामा यो सहयोग दोब्बर बढी भएको स्टेनसेथलाई उद्धृत गर्दै लेबनानी सञ्चारमाध्यमले लेखेका छन्।
लेबनानमाथि सिरियाली शरणार्थीका कारण परेको भार कम गर्न नर्वेले उक्त रकम उपलब्ध गराएको स्टेनसेथले लेबनानी स्वतन्त्र अनलाइन पत्रिका इल्नास्रालाई बताए। लेबनानस्थित संयुक्त राष्ट्रसंघ शरणार्थीका लागि उच्च आयुक्तको कार्यालयले लेबनानमा रहेका सिरियाली शरणार्थीको सङ्ख्या १० लाख भन्दा बढी पुगेको बताएको छ भने लेवनानी सरकारले १५ लाख सिरियालीलाई आफ्नो देशमा शरण दिँदै आएको बताएको छ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया