तेक्वान्दोकाे १३ वटा पुम्से पदकमा नेपाललाई ७ स्वर्ण, ३ रतज र ३ कास्य, करातेमा ७ स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार १३ स्वर्णका लागि भएको पुम्से स्पर्धामा नेपालले ऐतिहासिक ७ स्वर्ण जितेको छ।

पहिलो दिन तेक्वान्दोमा नेपालले ७ स्वर्ण, ३ रजत र ३ कास्य जितेको छ।

सातदोबाटोस्थित तेक्वान्दो संघको कार्यालयमा भएको खेलमा नेपालले महिलातर्फ ४ स्वर्ण र दुई कास्य जित्यो। पुरुषतर्फ ३ स्वर्ण र २ रजत जितेको थियो। जोडीतर्फ नेपालले १ रजत र १ कास्य जित्यो।

महिलातर्फको इभेन्टमा १७ देखि २३ वर्षमुनि नेपालकी सिना मादेन लिम्बुले पहिलो स्वर्ण जितिन्। २३ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङले स्वर्ण जितिन्। नेपालकी आयशा शाक्यले २९ वर्षमाथि र टिम इभेन्ट्समा संजीव ओझासँग मिलेर दोहोरो स्वर्ण जितिन्।

पुरुषतर्फ २४ देखि २९ वर्षमुनि कमल श्रेष्ठले स्वर्ण जिते। यस्तै, १७ देखि २३ वर्ष उमेर समूहमा शिशिर श्रेष्ठ, दीपेन्द्र गुरुङ र अस्मिन राउतको जोडीले टिम इभेन्ट्समा नेपाललाई स्वर्ण जिताए। २४ देखि २९ वर्ष समूहमा कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बुको जोडीले अर्को स्वर्ण जितेका थिए।

यस्तै, पुरुष २३ देखि २९ वर्ष समूहमा कृष्णबहादुर तामाङ, ३० वर्षमाथि रेजिन नेपालले रजतमा चित्त बुझाए। २४ देखि २९ वर्ष समूहको जोडीतर्फ पार्वती र जितबहादुर बोटको जोडीले रजत जित्यो।

महिला १७ देखि २३ वर्ष समूहमा सिना मादेन र अस्मिन राउतको जोडीले कास्य, यही समूहमा पुरुष टिम इभेन्ट्सतर्फ शिशिर श्रेष्ठ, दीपेन्द्र गुरुङ र अस्मिन राउतको जोडीले कास्य जितेको थियो। २४ देखि २९ वर्ष पुरुष समूहमा कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बुले पुरुष इभेन्ट्समा कास्य जितेको थियो।

नेपालले कराँतेको काताबाट ३र फाइटतर्फ ४ स्वर्ण जितेको छ।

कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।

त्यस्तै, कराँते फाइटतर्फ ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे। महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्।

 

प्रकाशित मिति: : 2019-12-02 19:11:49

प्रतिकृया दिनुहोस्