इंग्लिस प्रिमियर लिग: सिटीसँग लेस्टर पराजित

शीर्ष स्थानको लिभरपुलको १० अंकको अग्रता कायमै

बिएल संवाददाता

काठमाडाै‌ं,पुस ६

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ।

शनिबार भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। 

सिटीको घरेलु मैदानमा अग्रता भने लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा लिएको थियो।

रियाद महरेजले ३० औ मिनेटमा खेल बराबरीमा ल्याए।

ईल्के गुन्डोगनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए।

केभिन डी ब्रुइनीको पासमा ग्याब्रियल जिससले ६९ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।

सिटीले लिगको दोस्रो स्थानको लेस्टरलाई हराउँदा शीर्ष स्थानको लिभरपुलले १० अंकको अग्रता बनाएको छ।

शीर्ष स्थानको लिभरपुलको ४९ अंक छ। लेस्टर ३९ अंक सहित दोस्रो र सिटी ३८ अंक सहित तेस्रो स्थानमा छ।
 

प्रकाशित मिति: : 2019-12-22 19:47:02

प्रतिकृया दिनुहोस्