दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रको दायाँ टाउकोमा घाउ थियोः डा. खगेन्द्र (भिडियो सहित)

टाउकोको बायाँ भाग घाउ नै घाउ भएको थियो। आर्मीका डाक्टरहरूले सीपीआर गरिरहेका थिए। अगाडिबाट हेर्दा मुटुमा धड्कनै नभएको देखेँ। म खङरङै भएँ,’

राजा वीरेन्द्रको निजी चिकित्सकको रुपमा लामो समय काम गरेका डाक्टर खगेन्द्रबहादुर श्रेष्ठले दरबार हत्याकाण्डपछिको घटना बिएल नेपाली सेवालाई विस्तृत रुपमा बताएका छन्। 

उनले घटना हुँदा आफू घरमा रहेको र घटनाको केही समयपछि नै आफूलाई फोन आएको बताए। 

‘राजालाई गोली लागेको छ आर्मी अस्पतालमा तुरुन्त आउनू भन्ने खबर भयो,’ उनले बिएल नेपाली सेवासँग भने, ‘म मेरो बिटल्स गाडीमा तत्कालै अस्पतालतर्फ हुइँकिएँ। बाटोमा गाडी हकाउँदै गर्दा मलाई लागेको थियो, दरबारमा नयाँ हतियार आयो भने चलाउने चलन थियो। एउटा गोली फुस्किएर लाग्यो होला? फेरि अस्पताल नै लगेको छ भने खासै नाजुक स्थिति नहोला!’ 

तर, अस्पताल पुगेपछि आफू स्तब्ध भएको उनले बताए। ‘टाउकोको बायाँ भाग घावैघाउ भएको थियो। आर्मीका डाक्टरहरूले सिपिआर गरिरहेका थिए। अगाडिबाट हेर्दा मुटुमा धडकनै नभएको देखेँ। म खङरङै भएँ,’ उनले भने। 

श्रृतिको पनि धड्कन नभएको र रानी ऐश्वर्याको अनुहार भरी घाउँ भएको उनले बताए। ‘टाउको फुटेको बेला छोयो भने कसरी पिचिक्क हुन्थ्यो। त्यस्तै थियो’ उनले भने। 

त्यति बेला आफूहरूले चिकित्सकहरू तत्कालै उपलब्ध गराएको बताए। ‘१२ बजेसम्म ४८ जना डाक्टर जम्मा भइसकेका थिए।

६ जना मरेको अवस्थामा थिए। युवराज दीपेन्द्र र धीरेन्द्रको धड्कडन चै चलिरहेको थियो,’ उनले भने। 

प्रकाशित मिति: : 2021-06-02 11:00:00

प्रतिकृया दिनुहोस्