ए डिभिजन लिग: च्यासलमाथि जावलाखेलको जित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे।

८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए।  

त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए।  

खेलमा जावलाखेलका रुप म्यान अफ दि म्याच चुनिए।

जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ। जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ।

च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-01 03:51:56

प्रतिकृया दिनुहोस्