कर्मचारीको अभावपछि बीमा समितिले बनायो जोखिममा आधारित नियमन गर्ने योजना

कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको बीमा समितिले जनाएको छ।

पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा र्निजीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्।

संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यवसायलाई नियमन तथा सुपरिवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या प्रयाप्त छैन् । बीमा समितिसँग अहिले करिब ७५ जना कर्मचारी रहेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए।

यसरी हेर्दा एक बीमा कम्पनीलाई नियमन तथा सुरिवेक्षण गर्न समितिसँग २ जना कर्मचारी पनि छैनन् । अध्यक्ष चापागाईंले बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो तीन वर्षमा ५ प्रतिशतबाट बढेर २२ प्रतिशत सम्म पुगेको र वैदेशिक रोजगारमा जानेहरुको बीमालाई पनि जोडदा २७ प्रतिशत सम्म पुग्ने उल्लेख गर्दै अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्याले अहिलेकै प्रणाली मार्फत नियमन गर्न नसकिने अवस्था आएको बताएका छन्। उनले आगामी आर्थिक वर्षमा कर्मचारीको संख्था थप्ने योजना भएपनि बजारमा दक्ष कर्मचारी पाउन मुस्किल हुने बताए।

अध्यक्ष चापागाईंले कर्मचारीको संख्या कम भए पनि समितिको नियमनलाई बलियो र प्रभावकारी बनाउँदै लगेको बताएण। उनले पछिल्लो समय नियमनलाई थप प्रभावकारी बनाउन जोखिममा आधारित निरिक्षण र सुपरिवेक्षण गर्ने तयारी गरेको समेत जानकारी दिए। उनले विगत दुई वर्षदेखि परिपालनमा आधारीत निरिक्षण प्रणालीलाई अवलम्बन गरेको तर कर्मचारीको अभाव हुँदा अव भने जोखिममा आधारीत निरिक्षण प्रणालीलाई अवलम्बन गर्न लागिएको जानकारी दिए।

उनले भने, ‘विगतमा निरिक्षण र सुपरिवेक्षण नै नगर्ने परम्परा थियो जुन सूचना प्राप्त भयो भने र उजुरी प्राप्त भयो भने मात्रै निरिक्षण हुने गर्दथ्यो पछि हामीले त्यसलाई परिवर्तन गरेर गत दुई  वर्ष देखि परिपालनमा आधारित निरीक्षण प्रणालीलाई अवलम्बन गर्दै आएका छौं अव भने त्यसले पनि हामीलाई सक्ने अवस्था छैन किन भने प्रत्येक कम्पनीको निरिक्षण दुई जना कर्मचारीले गर्न पनि नसक्ने अवस्था छ त्यसकारण हामीले निकट भविश्यमै जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्ने किसिमले गृहकार्य गरीसकेका छौं र हाम्रो अफसाइड निरिक्षण हुन्छ जुन विभिन्न बीमा कम्पनीबाट सूचना संकलन गर्ने र कुन जोखिम बढी छ त्यो पहिचान गरीन्छ त्यसलाई अफसाइड निरिक्षण भन्छ त्यसलाई बलियो बनाउँदै छौं र जुनजुन ठाउँमा जोखिम रहन्छ त्यसपछि मात्रै निरिक्षण गर्ने किसिमले आगामी आर्थिक वर्षदेखि जोखिममा आधारित निरिक्षण प्रणाली लागू गर्दै छौं।’

बीमा व्यववसायको क्षेत्र र दायरा बढ्दै जाँदा बीमा समितिले पनि जनशक्ति बढाई नियमनलाई थप प्रभावकारी बनाउनु पर्छ । त्यसका लागि दक्ष कर्मचारीको उत्पादनमा समितिले जोड दिनुपर्छ ।

प्रकाशित मिति: : 2020-01-03 04:48:37

प्रतिकृया दिनुहोस्