एजेन्सी
बलिउड अभिनेत्री रश्मिका मन्दानीको घरमा बिहीबार आयकर विभागले छापा हानेको छ। दक्षिण भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचिमा उनको नाम सार्वजनिक भएपछि घरमा आयकर विभागले छापा हानेको बताइन्छ।
मन्दानीले आफू सबैभन्दा महंगो अभिनेत्री भएको कुरा अस्विकार गर्दै आइरहेकी छिन्। आयकर विभागका अधिकारी बिहीबार कर्नाटकास्थित कोडुगु जिल्लाको विराजपेटस्थित मन्दानीको घर पुगेका थिए।
भारतको चर्चित पत्रिका ‘द हिन्दु’ का अनुसार अभिनेत्रीको घरमा खोजी अभियान चलिरहेको छ। आयकर विभागका अधिकारीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
बैङ्गलुरुको आयकर विभागको एउटा टिम बिहान साढे ७ बजे नै उनको घर पुगेको थियो। मन्दानीले आफ्नो घरमा आयकर विभागको खोजतलास विषयमा कुनै प्रतिक्रिया दिन मानिनन्। तर, उनले आफू सर्वाधिक पैसा कमाउने अभिनेत्री भएको कुराको खण्डन गर्दै भनिन्, ‘म फिल्ममा भर्खरै बामे सर्दैछु। सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री म होइन।’
उनले पिंकभिलालाई दिएको अन्तर्वार्तामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको रूपमा आफूलाई चित्रण गर्दा स्तब्ध हुने गरेको प्रतिक्रिया दिइन्।
‘मसँग बैकमा पैसा छैन। म भर्खरै फिल्मी दुनियामा प्रवेश गरेको कलाकार हुँ,’ उनले भनिन्। उनले अनवरत ६ वर्ष फिल्ममा काम गरेपछि सर्वाधिक पैसा कमाउने अभिनेत्री बन्न सक्ने आशा व्यक्त गरिन्। उनी कन्नड फिल्म किरिक पार्टीमा गरेको अभिनयपछि चर्चित बनेकी थिइन।
दक्षिण भारतका चर्चित अभिनेता महेश बाबुसँग तेलुगु फिल्म सरलेरु निकेवरुमा पनि उनी देखा परेकी थिइन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया