बिएल संवाददाता
जीवनमा पोखरा एक पल्ट घुम्न नजाने मान्छे सायदै होलान! फेवाताल पोखराको मुख्य आकर्षण हो। यही एकजना यस्ता अधबैसे व्यक्ति छन्, जो डुँङ्गा ख्याएर आफ्नो परिवार पालिरहेका छन्। जसले कान पनि सुन्दैनन्, बोल्न पनि सक्दैनन्।
उनी हुन्, ५३ वर्षीय खगराज पहाडी। फेवामा उनले डुँङ्गा ख्याउनै थालेको ४० वर्ष पुगिसकेको छ। बाल्यकालदेखि नै उनले फेवामा डुँङ्गा चलाएका हुन्। उनको घर यसैबाट चल्छ। मुखले बोल्न नसके पनि इसाराले सबै काम गर्छन। त्यतिमात्र होइनन, उनको काम गर्ने शैली अरु भन्दा पृथक छ। घरमा दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार छ उनको। खगराज बाह्रै मास फेवामा बिहानै देखि बेलुका सम्म डुँङ्गा ख्याउँछन्।
उनका बालसखा सेतु अवतारी उनलाई सक्दो सहयोग गर्छन। बच्चैदेखि यहि तालमा पौडी खेलेर उनीहरू हुर्किएका हुन्। तीन दाजुभाईमा माइला खगराजलाई परिवार पालनकै लागि भए पनि बिहानको घाम उदाउने बेला देखि बेलुकाको घाम न अस्ताउन्जेल यहि ताल किनारमा बस्नु पर्छ।
उनी डुँङ्गा मात्र ख्याउँदैनन्। आवश्यक परेको बेला उद्दारको लागि तालमा पौडीने पनि गर्छन्। उनलाई तालको गहिराईदेखि हावाको बहाव सबै थाहा हुन्छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया