आइतबार, २७ सेप्टेम्बर २०२६

५ वर्षपछि आडेलको नयाँ एल्बम सार्वजनिक हुने

यी दाजुभाई केही समयदेखि आदेलसँग गोप्य र कसैले थाहा नपाउने गरेर संगीतमा काम गरिरहेका थिए। जोनाथनले भने, ‘उनी बिहानै चियाको समय मेरो घरमा आइपुग्थिन् र हामी संगीतमा काम गरिरहेका हुन्थ्यौं।’
एजेन्सी

एजेन्सी

न्युयोर्क
News Image
• • •

आडेलको नयाँ एल्बम यही वर्ष सार्वजनिक हुने भएको छ। ३१ वर्षीय गायिकाले पाँच वर्षअघि ‘२५’ नामक एल्बम सार्वजनिक गरेकी थिइन। उनको एजेन्ट लुसी डिकिन्स तथा मेनेजर जोनाथन डिकिन्सले यसको जानकारी दिँदै भने, ‘आदेल फेरि नयाँ गीति संग्रह लिएर आउँदैछिन्। छिटो अझ राम्रो।’

यी दाजुभाई केही समयदेखि आदेलसँग गोप्य र कसैले थाहा नपाउने गरेर संगीतमा काम गरिरहेका थिए। जोनाथनले भने, ‘उनी बिहानै चियाको समय मेरो घरमा आइपुग्थिन् र हामी संगीतमा काम गरिरहेका हुन्थ्यौं।’

आडेलललाई सन् २०१२ र २०१६ मा टाइम्स म्यागजिनले संसारको प्रभावशाली महिलाको सय जनाको सूचिमा राखेको थियो। उनी विश्वमा सर्वाधिक एल्बम बिक्रि हुने गायिकामा पर्छिन्। उनको अघिल्लो एल्बम १ सय २० मिलियन प्रति बिक्रि भइसकेको छ। उनी ग्रामी अवार्ड विजेता गायिका हुन्।

पछिल्लो समय मोटोपना र डिप्रेशनबाट घेरिएकी आडेलको नयाँ एल्बम सार्वजनिक हुने खबरले उनको प्रसंसक उत्साही देखिएका छन्।
 
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!