एजेन्सी
आडेलको नयाँ एल्बम यही वर्ष सार्वजनिक हुने भएको छ। ३१ वर्षीय गायिकाले पाँच वर्षअघि ‘२५’ नामक एल्बम सार्वजनिक गरेकी थिइन। उनको एजेन्ट लुसी डिकिन्स तथा मेनेजर जोनाथन डिकिन्सले यसको जानकारी दिँदै भने, ‘आदेल फेरि नयाँ गीति संग्रह लिएर आउँदैछिन्। छिटो अझ राम्रो।’
यी दाजुभाई केही समयदेखि आदेलसँग गोप्य र कसैले थाहा नपाउने गरेर संगीतमा काम गरिरहेका थिए। जोनाथनले भने, ‘उनी बिहानै चियाको समय मेरो घरमा आइपुग्थिन् र हामी संगीतमा काम गरिरहेका हुन्थ्यौं।’
आडेलललाई सन् २०१२ र २०१६ मा टाइम्स म्यागजिनले संसारको प्रभावशाली महिलाको सय जनाको सूचिमा राखेको थियो। उनी विश्वमा सर्वाधिक एल्बम बिक्रि हुने गायिकामा पर्छिन्। उनको अघिल्लो एल्बम १ सय २० मिलियन प्रति बिक्रि भइसकेको छ। उनी ग्रामी अवार्ड विजेता गायिका हुन्।
पछिल्लो समय मोटोपना र डिप्रेशनबाट घेरिएकी आडेलको नयाँ एल्बम सार्वजनिक हुने खबरले उनको प्रसंसक उत्साही देखिएका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया