हिउँदे वर्षाले किसान हर्षित

रासस

महोत्तरी

लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन्। 

लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल (बाली) राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको हो। “पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ।” महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ। “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी प¥यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत (माघ सङ्क्रान्ति) पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ।”

यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन (अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली), उखु, गहुँ र फलपूmल (आँप, लिची, सपाटो, रूखकटहरसहित) लाई राम्रो चिस्यान भएको किसानको ठहर छ। अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन्। 

प्रकाशित मिति: : 2020-01-19 06:57:32

प्रतिकृया दिनुहोस्