पाँचौ राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप: महिला तर्फ एपिएफ र आर्मीकाे जित

फाइल फाेटाे

नेपाल भलिबल संघको आयोजनामा पाँचौ राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिला तर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको त्रिभुवन आर्मी जित निकालेका छन्।

दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजि गर्दै ३ अंक बटुल्न सफल भयो। एपिएफले जेभिसी माथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो।

यस्तै महिला तर्फकै दोश्रो खेलमा त्रिभुवन आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित ग¥यो। आर्मीले बिएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो।

यस्तै शनिबारनै भएको पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) विचको खेलमा एनवासीले जित हात पा¥यो। एनवाईसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो। एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो।

पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त ग¥यो। प्रतियोगिताको तेश्रो दिन आईतबार बिहान पुरुषको पिभिसी र मनिमुकुन्द भलिबल क्लब (एमभिसी ) बिच पहिलो प्रतिस्पर्धा हुने छ। यस्तै दोश्रो खेल पुरुषकै हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) विच हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2020-01-19 08:20:14

प्रतिकृया दिनुहोस्