ओमानमा नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुभारम्भ

ओमानमा नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुभारम्भ गरिएको छ। नेपाली राजदूतावास मस्कटले ‌ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरेको हो।  

नेपाल सरकारले भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरे सँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ।

ओमानी जनतासँग नजिक हुन् दूतवासले सभ्यताको पहिचान दिने राजधानी मस्कट भन्दा करिब १२५ कि.मि टाढा रहेको ऐतिहासिक महत्वको गाउँ ईम्ति भिलेजमा कार्यक्रम समेत आयोजना गरेको थियो।

नेपाली राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रममा बोल्दै नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको कारण नेपाल घुम्न पर्ने बताएकी थिइन्।  यस्तै कार्यक्रमका प्रमुख अतिथि शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरि राजदूतज्यू र नेपाल सरकारले शुरू गरेको यस महत्वपूर्ण कार्यलाई साथ दिन तथा ओमानी पर्यटकहरूलाई नेपाल जान प्रेरित गर्न बताएका थिए।

साथै उनले विभिन्‍न मुलुकका दूतावासहरूमध्ये पहिलो पटक मस्कट शहरभन्दा बाहिर पहिलो कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यावाद समेत दिएका थिए। 

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाएकी थिइन्। 

कार्यक्रममा ओमानका लागि भ्रमण वर्षको सद्‌भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक श्री हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ श्री नादिरा अल–हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई राजदूतले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-01-20 10:29:51

प्रतिकृया दिनुहोस्