बिएल संवाददाता
रोहित शर्माको शतकीय इनिङ्ससँगै भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ।
बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो। अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा शर्माले १ सय १९ रनको शतकीय इनिङ्स खेले। यस्तै कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेएस आयरले अविजित ४४ रन बनाए।
अष्ट्रेलियाका जोश हाजलउड, अश्टन अगर र एडम जाम्पाले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो।
अष्ट्रेलियाको लागि स्टिभ स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले। यस्तै मार्नुसले ५४ रन र एलेक्स केरीले ३५ रन बनाए।
भारतका मोहमद शामीले ४ विकेट लिए। रबिन्द्र जडेजाले २ विकेट लिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया