बिएल संवाददाता
रोहित शर्माको शतकीय इनिङ्ससँगै भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ।
बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो। अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा शर्माले १ सय १९ रनको शतकीय इनिङ्स खेले। यस्तै कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेएस आयरले अविजित ४४ रन बनाए।
अष्ट्रेलियाका जोश हाजलउड, अश्टन अगर र एडम जाम्पाले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो।
अष्ट्रेलियाको लागि स्टिभ स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले। यस्तै मार्नुसले ५४ रन र एलेक्स केरीले ३५ रन बनाए।
भारतका मोहमद शामीले ४ विकेट लिए। रबिन्द्र जडेजाले २ विकेट लिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया