चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प

चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइएको छ।

भूकम्पबाट जनधनको के कति क्षति भयो त्यसबारे विस्तृत विवरण आइसकेको छैन। 
 

प्रकाशित मिति: : 2020-01-20 20:06:49

प्रतिकृया दिनुहोस्