क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ८० सैनिक मारिए

क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ८० सैनिक मारिए

क्षेप्यास्त्र आक्रमणमा परी यमनमा कम्तीमा ८० सैनिक मारिएका छन्। मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ।

शनिबार भएको यस आक्रमणमा परी ८० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ। यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। 

यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन्।

घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए।  

सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ।

प्रकाशित मिति: Jan 20, 2020 07:33:55

प्रतिक्रिया दिनुहोस

सबै