अमेरिकामा बन्दुक पक्षधरको र्‍याली, गभर्नरले लगाए संकटकाल

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै जोडिएको राज्य भर्जिनियामा बन्दुकको पक्षमा प्रदर्शनी गरिने भनिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ।

बन्दुक पक्षधरले सार्वजनिक रूपमै मानिसहरूलाई राजधानी रिचमण्डमा बन्दुक, चेन, ब्याटसहित  सोमबार भेला हुन आव्हान गरेपछि गर्भनरले आपतकाल घोषणा गरेका हुन् ।

आपतकाल शुक्रबार साँझदेखि सोमबार बेलुकासम्मका लागि अस्थायी रूपमा लगाइएको हो।

अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै जोडिएको राज्य भर्जिनियामा बन्दुकको पक्षमा प्रदर्शनी गरिने भनिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ।बन्दुक पक्षधरले रिचमण्डमा बन्दुक, चेन, ब्याटसहित सोमबार भेला हुन आव्हान गरेपछि आपतकाल घोषणा गरिएको हो।

भर्जिनियाको गभर्नरसहित राज्यको माथल्लो र तल्लो दुबै सदनमा डेमोक्रेटसले जितेपछि बन्दुक राख्न नपाउने पक्षमा कानुन बनाउने प्रक्रिया अगाडि बढाइएको छ। 

यही प्रक्रियालाई रोक्न बन्दुक पक्षधर रिपब्लिकनहरू आन्दोलित छन्। उनीहरूले आफूले जितेका काउन्टी, सिटीलगायतमा बन्दुकको पक्षमा प्रस्तावहरू पारित गरेका छन्।

अमेरिकामा सहजै बन्दुक किन्न र राख्न पाउँने प्रावधानको पक्ष विपक्षमा लामो समयदेखि राजनीति जारी छ । रिपब्लिकनहरू बन्दुकको पक्षमा छन् भने डेमोक्रेट्सहरू यसमा केही परिवर्तन गर्न चाहन्छन्। 

राष्ट्रपति डोनल्ड ट्रम्प नै बन्दुकको पक्षमा भएकाले बन्दुक पक्षधर रिपब्लिकनहरूको मनोबल उच्च छ ।

 

प्रकाशित मिति: : 2020-01-20 20:19:22

प्रतिकृया दिनुहोस्