
रोयल आचार्य
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन्। कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भएका कारण राष्ट्र बैंकको काम कारबाहीबाट भने उनी फागुनमै बाहिरिन सक्छन्।
त्यस अवधिमा सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति गर्नु पर्नेछ। गभर्नरको कार्यकाल बाँकी ३ महिना पनि नरहेको अवस्थामा यतिबेला गभर्नर नियुक्तिका लागि राजनीतिक दौडधुपहरु तीव्र भएको छ।
गभर्नरको आकांक्षीका रुपमा देखिएकाहरु यतिबेला शक्तिकेन्द्रको शरणमा पुगेका छन्। यही बेला अनियमितताको आरोप लागेका डेपुटी भगर्नर शिवराज श्रेष्ठको पुनर्वहालीले नयाँ परिस्थिति विकास भएको छ।
श्रेष्ठले अनियमितता गरेको भन्दै छानबिन भएकोमा मन्त्रिपरिषद्ले निर्णय नै गरेर उनलाई सफाइ दिएको छ। श्रेष्ठको पुनर्वहालीसँगै गभर्नर बन्ने रेसमा सामेल भएका छन्।
गभर्नरको प्रवल दाबेदार भनेको बहालवाला डेपुटी गभर्नरहरु नै हुन्छन्। गभर्नर नियुक्तिका लागि अर्थमन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नु पर्ने र त्यसमा एकजना बहालवाला डेपुटी गभर्नर हुनै पर्ने बाध्यकारी व्यवस्था छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया