बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल ल्याण्डलक राष्ट्र नभएर अब ल्याण्डलिङ्क कन्ट्री बनेकोे बनाएका छन्।
नेपाल इन्टरमोडल यातायात विकास समितिको २३ औं वार्षिकोत्सवका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले वैदेशिक व्यापारमा नेपालको उत्तर–दक्षिण दुबैतिर सहज पोर्ट(वन्दरगाह) खुल्ला भइसकेको अवस्थामा देशलाई अझै भूपरिवेष्ठित राष्ट्र भनिरहनु नपर्ने बताए।
नेपालको वैदेशिक व्यापारको सहजिकरणका लागि भारत र चीन दुबै राष्ट्रले पोर्ट उपलब्धतामा सहयोग गरिरहेको बताउँदै मन्त्री भट्टले सो अवसरको नेपालले अधिकतम फाइदा लिनुपर्ने उनले बताए।
मन्त्री भट्टले राष्ट्रिय अर्थतन्त्रको सुधारमा व्यवसायीहरुले आयातमुखी मात्र नभएर निर्यातमुखीतर्फ पनि सोच्नुपर्ने जिकिर गरे।
२०५४ माघ ६ गते स्थापना भएको सो समितिको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहने व्यवस्था छ भने अन्य दुईजना सदस्यहरुमा भन्सार विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र बाँकी ३ जना निजी क्षेत्रका प्रतिनिधिहरु रहने व्यवस्था छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया