बिएल संवाददाता
शहिद स्मारक ए डिभिजिन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबले अर्काे जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो। आर्मीको जितमा कप्तान भरत खवास,नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा तीनै गोल गरेको हो।
खेलको ५८ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। यस्तै ७३ औं मिनेटमा नवयुगले अग्रता दोब्बर बनाए। खेलको ८४ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई ३–०को सहज जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ७ खेलबाट १६ अंक बनाएको छ।
यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ।
च्यासल ७ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया