बिएल संवाददाता
शहिद स्मारक ए डिभिजिन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबले अर्काे जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो। आर्मीको जितमा कप्तान भरत खवास,नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा तीनै गोल गरेको हो।
खेलको ५८ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। यस्तै ७३ औं मिनेटमा नवयुगले अग्रता दोब्बर बनाए। खेलको ८४ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई ३–०को सहज जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ७ खेलबाट १६ अंक बनाएको छ।
यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ।
च्यासल ७ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया