
बिएल संवाददाता
जुम्लाकाे पातरासी गाउँपालिका -६ वातामा ट्याक्टर दुर्घटनामा परी एक बालककाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा साेही गाउँका सात वर्षे सुदिप बुढा रहेका छन्।
चालकसहित चार जना सवार उक्त ट्याक्टर दुर्घटना हुँदा बुढाकाे घटनास्थलमै मृत्यु भएकाे डिएसपी लाल बहादुर धामीले बताए।
साेमवार छ बजे वाताबाट मकै लाेड गरेर जुम्ला बजार तर्फ अाउँदै गरेकाे अवस्थामा भे १ ट ७३८५ नम्बरकाे ट्याक्टर बाटाेबाट २ सय मिटर तल खसेर दुर्घटना ग्रस्त भएकाे उनले जानकारी दिए।
ट्याक्टरमा सवार वाताका कमल बुढा र चालक पातरासी दुईका विजय कामी शक्त घाइते भएका छन् भने वाताका हिर बहादुर महतारा समान्य घाइते छन्।
शव पाेष्टम्याटमकाे लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा राखिएकाे छ भने घाइतेहरुकाे उपचार भैरहेकाे छ।
दुर्घटनाकाे कारणबारे घटनास्थलमा टाेली खटाइ अनुसन्धान भइरहेकाे डिएसपी धामीले बताए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया