बिएल संवाददाता
जुम्लाकाे पातरासी गाउँपालिका -६ वातामा ट्याक्टर दुर्घटनामा परी एक बालककाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा साेही गाउँका सात वर्षे सुदिप बुढा रहेका छन्।
चालकसहित चार जना सवार उक्त ट्याक्टर दुर्घटना हुँदा बुढाकाे घटनास्थलमै मृत्यु भएकाे डिएसपी लाल बहादुर धामीले बताए।
साेमवार छ बजे वाताबाट मकै लाेड गरेर जुम्ला बजार तर्फ अाउँदै गरेकाे अवस्थामा भे १ ट ७३८५ नम्बरकाे ट्याक्टर बाटाेबाट २ सय मिटर तल खसेर दुर्घटना ग्रस्त भएकाे उनले जानकारी दिए।
ट्याक्टरमा सवार वाताका कमल बुढा र चालक पातरासी दुईका विजय कामी शक्त घाइते भएका छन् भने वाताका हिर बहादुर महतारा समान्य घाइते छन्।
शव पाेष्टम्याटमकाे लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा राखिएकाे छ भने घाइतेहरुकाे उपचार भैरहेकाे छ।
दुर्घटनाकाे कारणबारे घटनास्थलमा टाेली खटाइ अनुसन्धान भइरहेकाे डिएसपी धामीले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया