पुलिस क्लब सेमिफाइनलमा प्रवेश

पाँचौ एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिला तर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। 

सोमबार पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो। समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ। महिलाको अर्को खेलमा समूह चरण बाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो। बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग¥यो।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ भने सेनाको त्रिभुवन आर्मी क्लब (टिएसी) ग्रुप ए मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ। टिएसीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो। 

टिएसीसँग पराजित भएतामा पनि एनवाईसी एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो। समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। ग्रुप बिको अर्को खेलमा भने बुलबुले रारा क्लब (बिआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो।

प्रकाशित मिति: : 2020-01-21 10:27:20

प्रतिकृया दिनुहोस्