नवलपरासीका भन्सार नाकामा तस्करको रजाईं, सेटिङ मिलाउँदै सुरक्षाकर्मी, खल्ती भर्दै भन्सार कर्मचारी

अख्तियारको फन्दामा पर्ने डरले भारतमै पुगेर असुली

बिष्णु खनाल

काठमाडौँ

नवलपरासी : भारतीय सीमासँग जोडिएका पश्चिम नवलपरासीका सीमानाकामा तस्करहरुले रजाईं गर्न थालेका छन्‌। सीमा सुरक्षार्थ खटिएको प्रहरीले तस्करसँग साँठगाँठ मिलाउने र भन्सारका कर्मचारीले गोजी भर्ने गरिरहेको तथ्य फेला परेको छ  बिसुनपुरा, महेशपुर, भुजहवा, बसहिया झुलनिपुरनाबाट दिनहुँ नेपालतर्फ लाखौं रुपैयाँ बराबरका सामान अवैध रुपमा भित्रने गरेको छ। यसबाट राज्यलाई मासिक करोडौं रुपैयाँ राजस्व घाटा लागिरहेको छ। तर राजस्व उठाउन बसेका भन्सारका कर्मचारीहरु भने मालामाल हुने गरेका छन्‌। 
 

प्रकाशित मिति: : 2020-01-29 00:19:13

प्रतिकृया दिनुहोस्