ट्राभल ब्यूरो अफ नेपाल अमेरिकाका लागि भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि नियुक्त

बिएल संवाददाता

न्युयोर्क, अमेरिका।
नेपाल भ्रमण बर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ र ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठ । तस्बिर : बीएल मिडिया

अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को प्रवर्द्धन अब संस्थागत रूपमा अगाडि बढ्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले ट्राभल ब्यूरो अफ नेपाललाई अमेरिकाका लागि आधिकारिक प्रतिनिधि नियुक्त गरेपछि यसले संस्थागत स्वरूप लिएको हो । 

यसका लागि नेपाल भ्रमण बर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ र ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले न्युयोर्कमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताहनुसार ट्राभल ब्यूरो अफ नेपालबले समाजिक सञ्जाल, बेवसाइट, समाचारपत्र, अनलाइनमा नेपाल भ्रमण बर्ष २०२० को लागो, फोटो, भिडियोलगायत ‘सामग्री प्रसारण र प्रयोग गर्न पाउने छ। यसका अतिरिक्त ब्यूरोले अन्तराष्ट्रिय संचारमाध्ययममा भ्रमण बर्षको विज्ञापनदेखि भ्रमण बर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम गर्न गर्नेछ ।

अमेरिकाको न्युयोर्कमा रहेको ट्राभल ब्यूरो अफ नेपाल अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको एक संस्था हो। यसले यसअघि न्युयोर्कको म्यानह्याटन, टाइम्स स्क्वायरलगायतका स्थानमा नेपालको प्रचार प्रसार गर्दै नेपाल भ्रमण बर्ष २०२० को प्रवर्द्धन गर्दै आएको छ।

 

अमेरिकामा रहेका सबै नेपाली नेपालको सद्भावनादूत हुन् । मातृभूमिका लागि केही गर्ने अवसर आएकोमा सबै नेपाली सचेत छन् र  सबैले आआफ्नो ठाउँबाट योगदान दिनेछन्।हामी सबै मिलेर नपाल भ्रमण वर्ष २०२० सफल पार्नेछौं ।
प्रदीप श्रेष्ठ, प्रमुख कारयकारी अधिकृत, ट्राभल ब्यूरो अफ नेपाल

ब्यूरोका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले अमेरिकाका विभिन्न विश्वविद्यालय र अन्य राज्यमा नेपालको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गरिने योजना रहेको बताए।

अमेरिकाका लागि नेपालका पर्यटनदूत समेत रहेका श्रेष्ठले मातृभूमिका लागि केही गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यस अवसरका लागि नेपाल भ्रमण बर्ष २०२० को सचिवालयलाई धन्यवाद दिए ।

उनले अमेरिकामा रहेका सबै नेपाली नेपालको सद्भावनादूत भएको बताउँदै सबै मिलेर नै नेपाल भ्रमण वर्ष २०२० सफल पारिने बताए। उनले अगाडि थपे, 'मातृभूमिका लागि केही गर्ने अवसर आएकोमा सबै नेपाली सचेत छन् र  सबैले आआफ्नो ठाउँबाट योगदान दिनेछन्।'

प्रकाशित मिति: : 2020-01-29 15:17:08

प्रतिकृया दिनुहोस्