बिएल संवाददाता
पाँचौ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुनको पहिलो साता आयोजना हुने भएको छ।
नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ। आर्मी अफिसर्स क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले प्रतियोगिता आगामी फागनु ३ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने जानकारी दिए।
प्रतियोगितामा पुरुषको फुल म्याराथन, महिला र पुरुषको हाफ म्याराथन,१० किमिको सैनिक सहचारी, सैनिक अधिकृत र गैर सैनिकको महिला र पुरुष दौडमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमीको दौड हुनेछ। म्याराथनमा पहिलो हुने खेलाडीले १ लाख २५ हजार नगद पुरस्कार पाउने छन्। यस्तै १ सय ५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पनि पाउने बताईएको छ।
त्यस्तै दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठौले १० हजार, सातौले ७ हजार, आठौंले ५, नवौंले ३ र दशौँले २ हजार पाउने छन्। हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउनेछन्। हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाउने प्रवक्ता पाण्डेले बताउनुभयो। उहाले सवै क्षेत्रका व्यक्तिहरुलाई म्याराथनमा सहभागी हुन आग्रह गरे।
सेनाले १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाउने जनाएको छ। पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउने छन्। महाशिवरात्री पर्व तथा सेना दिवसका अवसरमा सेनाले हरेक बर्ष म्याराथन आयोजना गर्दै आएको छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया