बिएल संवाददाता
प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेका छन्।
जनकपुरको सिता शरण होटेलमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन कर्जा प्राप्त गरेका छन्।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गरे। ‘योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान गर्नेछ’ उनले भने ‘अब वैदेशिक रोजगारीमा जाने युवाहरु सिप सिकेर जान म आग्रह गर्दछु।’
यस अघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो। प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबिआई बैंकबीच साउन महिनामा वैदेशिकरोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो। सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन।
प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छ भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसम्ँग गरेका छन।
यस योजना अन्तर्गत वैदेशिकरोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्नेछ। सोको लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने र भिसा लागे पछि, भिसा , श्रम सम्झौता बैकमा जम्मा गरेपछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ।
बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया