पूर्वी तराईमा जग्गा धितोको जालोः ७० लाखको जग्गा तीन लाखमा चट !

सुमन पुरी

विराटनगर

विराटनगर। मोरङ बेलवारी–४ का हिरालाल विश्वकर्माका बुवा सिकिस्त बिरामी भए। ७० वर्ष काटेका बुवाको उपचार गर्न हिरालालसँग पैसा थिएन। 

बुवालाई अस्पताल भर्ना गरेका बेला चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए। उनले उपाय निकालिदिए– जग्गा धितो राखेर ऋण लिने। 

महेन्द्रले हिरालाललाई भने, “धितो राखेर ऋण दिने मान्छे चिनेको छु, कमिसन दिने भए ल्याइदिन्छु।” 

त्यसपछि सम्पर्कमा आए ओखलढुंगा स्थायी घर भई सुनसरीको इटहरीमा बस्दै आएका पुशपति राई। 

हिरालालले आफैं बस्दै गरेको घर र दुई कठ्ठा १० धुर जग्गा तीन लाख रूपैयाँमा पशुपति राईकी श्रीमती भेषकुमारी राईलाई मालपोत कार्यालय बेलबारीमा रजिष्ट्रेसन पास गरिदिए। 

प्रकाशित मिति: : 2020-02-08 11:23:19

प्रतिकृया दिनुहोस्