बामे नसर्दै काटियो एक गोडा, एउटै गोडाले नाच्छिन् छमछमी

जन्मेको ४५ दिनमा आगोमा परेर एउटा खुट्टा गुमाएकी ‘वान लेग डान्सर’ अञ्जनाको सपना छ- ‘मान्छेहरूले मेरै नाच हेरेर मलाई सम्झिऊन्।’

पोखरा। नृत्यका लागि के चाहिन्छ ?
- मिलेको ज्यान
- बारुली कम्मर
- नृत्य मुद्रा जनाउने हत्केला
- नृत्यका चाल मिलाउने दुई गोडा

पर्खनोस्, तपाईंका पूर्ववत् मान्यतालाई एकैछिन विराम लगाउनुहोस्। सधैँभरि स्थापित मान्यताले काम गर्दैनन्। मानिस बडो अद्भूत जीव हो। उसले सम्भावनाका सीमाभन्दा परसम्म देख्न सक्छ। यथार्थका कटु सत्यलाई मिथ्या सावित गरिदिन सक्छ। जहाँ तपाईं आशाको अन्त्य देख्नुहुन्छ नि, त्यहीँनेरबाटै कसैले आशाको अर्को लस्कर शुरू गरिसकेको हुन्छ।

आज म तपाईंलाई त्यही आशाको कथा सुनाउँछु। असम्भवमाथि सम्भवको जितको गाथा सुनाउँछु।

लौ शुरू गरौं- आजको जीवनकथा।

प्रकाशित मिति: : 2020-02-13 00:00:24

प्रतिकृया दिनुहोस्