८३३ जनाले जीवन गुमाए, २४१ जना बेपत्ता छन् तर के पाए थारूले ?

१ फागुन २०५२ मा शुरू भएको माओवादीको एक दशक लामो सशस्त्र विद्रोहमा थारू समुदायले आफ्नो जनसांख्यिक अवस्थितिभन्दा पनि बढी योगदान गरे। मारिए, बेपत्ता बनाइए, यातना र अंगभंग व्यहोरे। तर, के उनीहरूले देखेको सपना पूरा भयो? 

काठमाडौं। २४ वर्ष पूरा भएछ देशमा माओवादी विद्रोह शुरु भएको। कारण के–के थिए। कारक को–को। राजनीतिशास्त्री, समाजशास्त्रीदेखि सामान्यजनका आ–आफ्नै विश्लेषण छन्। कति आकलन तथ्यपरक छन्। कति भ्रमपूर्ण। कति भ्रम र तथ्यबीचका हुन् कि जस्ता लाग्ने शंकाहरू पनि। तर, इतिहासका पानामा अंकित केही संख्या यस्ता हुन्छन् जसले सत्यका धेरै पाटा आफूभित्र राखिबस्छन्। जब–जब ती संख्याका कथा खोतलिन्छन्, अंकभन्दा अघि बढेर तिनले मानिसले भोग्नुपरेका व्यथाहरू सुनाउन थाल्छन्। 

प्रकाशित मिति: : 2020-02-14 04:53:16

प्रतिकृया दिनुहोस्