हाइटीकाे एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु

एजेन्सी

काठमाडाैं

हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ। 

राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएको बीबीसीले जनाएको छ।

धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक अनाथालयमा आगलागी भएको स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले जानकारी दिए।

आगलागीका बेला ६० जना बालबालिका रहेको जानकारी थिए। बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ।

आगलागिको कारण खुलेको छैन। अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-02-15 20:48:37

प्रतिकृया दिनुहोस्