सारंगीको धुनमा ट्राफिकको गीत

देखापढी

काठमाडौं

काठमाडौं। २ फागुन। दिउँसोको २ बजे। सिंहदरबार अगाडि। केही प्रहरीसहित तीन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउन शुरू गरे।

वरिपरिका मानिस तुरुन्तै जम्मा भए। ध्यान दिएर गीत सुन्न थाले –

‘मान्नैपर्ने ट्राफिकको नियम

नमानेमा जान्छ है जीवन

लौ हेर बल्यो हरियो बत्ती

अव जाउँ भन्दैछ

पहेंलो बत्ति लौ बल्यो हेर

होसियार भन्दैछ’

ट्राफिक नियमबारे आम जनतालाई सचेत बनाउन ट्राफिक प्रहरीले थालेको यो नयाँ कार्यक्रम हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक नियमबारे जानकारी गराउन २९ माघबाट सारंगी टोली अभियान शुरू गरेको हो।

सारंगी बजाउँदै गन्धर्वहरूको टीमले गाउने गीतमा ‘ट्राफिकका नियम’बारे पूर्ण जानकारी दिइएको छ।

ट्राफिक गीत सुनेका सर्वसाधारणले ट्राफिक प्रहरीको अभियान राम्रो भएको टिप्पणी गरे। गन्तव्यतर्फ जाँदै गरेका एक पैदल यात्रुले भने, “गीतसंगीतको माध्यमबाट ट्राफिक नियम थाहा पाउँदा धेरै राम्रो लाग्यो, यसले मानिसहरू छिट्टै बुझ्‍न सक्छन्।”

प्रकाशित मिति: : 2020-02-16 23:15:31

प्रतिकृया दिनुहोस्