बिएल संवाददाता
दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएका छिन्। स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन्।
दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी)का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उहाँ गत फेब्रुअरी ११ मा अस्पताल भर्ना भएका थिए।
कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ।
ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएका थिए । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएका थिए।
दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको वुहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया