बिएल संवाददाता
दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएका छिन्। स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन्।
दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी)का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उहाँ गत फेब्रुअरी ११ मा अस्पताल भर्ना भएका थिए।
कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ।
ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएका थिए । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएका थिए।
दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको वुहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया