शिवरात्रिकाे अघिल्लाे दिन यस्ताे देखियाे पशुपतिमा रमझम (फाेटाे फिचर)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार स्वयंसेवक खटाइने भएकाे छ।

'सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्', पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवति रमण अधिकारीले भने, 'सादा पोसाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गरिने छ।

स्वयंसेवकहरुलाई लाइन सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गरिने उनले बताए।

शिवरात्रीका दिन विभिन्न संघसंस्थाले निः शुल्क भोजन तथा चियानास्ताकोसमेत व्यवस्था गरेका छन्। 'गाँजा, भाङ सेवन गर्न पाइने छैन्', उनले भने, 'भारत, मलेशिया र इन्डोनेसियाबाट साधुहरु आउदैछन्।' सबै भन्दा बढी साधु भारतबाट भित्रिएको उनको भनाई छ।

मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने उनले बताए।

पूजा तथा दर्शनका लागि चारओटा छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको र पश्चिम मूलढोका भने विशेष परिस्थितिका लागिमात्र प्रयोग हुने उनले जनाए।

'एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनका लागि एकतर्फीको व्यवस्था गरिएको छ' उनले भने।

ट्राफिक व्यवस्थापनका लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर र गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको। यस्तै बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवलहुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने। 

शिवरात्रीका दिन पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई कुनै किसिमको समस्या नपरोस भन्ने उदेश्य तयारीमा केन्द्रित रहेको अधिकृत अधिकारीको भनाई छ। 

प्रकाशित मिति: : 2020-02-21 04:52:01

प्रतिकृया दिनुहोस्