लेवान्डोस्कीको निर्णायक गोलमा वार्यनको जित

बिएल संवाददाता

काठमाडाै‌ं

वार्यन म्युनिखले जर्मन बुण्डेशलिगामा जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा वार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो।

वार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। यता  सर्ज गेनाबरीले एक गोल गरे। यता पाडेरबोर्नको लागि डेनिस श्रीबेन र स्टेभन मिशेलले एक एक गोल फर्काएपनि जित दिलाउन सकेनन्।

खेलको २५ औं मिनेटमा गेनाबरीको गोलमा घरेलु टोली वार्यनले सुरुवाती अग्रता लिएको थियो।

पहिलो हाफको अन्तिम समयमा वार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा उठाउँदै पाहुना टोलीका श्रीबेनले बराबरी गोल फर्काएका थिए।

लेवान्डोस्कीले ७० औ मिनेटमा वार्यनलाई पुन अग्रता दिलाए।त्यसको ५ मिनेटपछि पाहुना टोलीका मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै वार्यनलाई जित दिलाए। 

जितसँगै शीर्ष स्थानको वार्यनले ४९ अंक जोडेको छ। पराजित पाडेरबोर्नको १६ अंकका साथ तालिकाको पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-22 19:36:06

प्रतिकृया दिनुहोस्