बिएल संवाददाता
स्पेनिस ला लिगामा अहिले बार्सिलोना र एइबारको खेल जारी छ।
दोस्रो स्थानको बार्सिलोना र १६औं स्थानको एइबारबीच जारी खेलको पहिलो हाफमा घरेलु टोली बार्सिलोनाले ३–० को अग्रता लिएको छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा कप्तान लिओनल मेसीले पहिलो हाफमै ह्याट्रिक गरेका छन्।
उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरे। इभान राकिटिकको पासमा एइबारका ४ जना डिफेन्डरलाई चलाखीपूर्वक छलाउँदा मेस्सीले हलुका प्रहारमा निकै सुन्दर गोल गरेका थिए।
त्यसपछि खेलको ३७औं र र ४०औं मिनेटमा मेसीले लगातार २ गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया