चिनियाँ कूटनीतिज्ञको रोचक ट्‍वीटर यात्रा

देखापढी

काठमाडौं

कोभिड-१९ (नोबेल कोरोना भाइरस) को महामारीबाट सिर्जित संकट गहिरिँदै जाँदा चीनका राष्ट्रपति सी चीनफिङले देशको सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बोलाए। 

३ फेब्रुअरीमा महासचिव सीसहित स्थायी समितिका सात सदस्यले सार्वजनिक प्रचार–प्रसारलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि छलफल गरे। उनीहरू ‘महामारीविरूद्ध चीनको लडाइँ तथा चिनियाँ जनताले देखाएको एकताको कथा भन्न’ सहमत भए। 

त्यसपछि थुप्रै चिनियाँ कूटनीतिज्ञ एउटा ट्वीटरमा जोडिए, जसलाई एक वर्ष अघिसम्म उनीहरू जानीबुझी बेवास्था गर्दथे। 

चीनमा प्रतिबन्ध रहेको ट्वीटर विश्वव्यापीरूपमा आफ्नो आवाज मुखरित गर्न खोजिरहेको चिनियाँ कम्युनिष्ट पार्टीका लागि तुरुन्तै उपयोगी माध्यम बन्यो।

विदेश मन्त्रालयको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुसन्धान गरेका दुईजना प्राज्ञहरू झाओ अलेक्जेन्ड्रे हुआङ र रुई वाङका अनुसार सन् २०१८ को अक्टोबरसम्म जम्मा १७ जना चिनियाँ कूटनीतिज्ञको ट्वीटर अकाउन्ट थियो। अहिले यो संख्या ८० भन्दा बढी पुगेको छ।

उनीहरूले चीनका डाक्टर र नर्सले महामारीका बेला बहादुरीपूर्वक गरेका कामको प्रचार गर्न र चीनलाई सहानुभूति दिएका पश्चिमा राष्ट्रका नेताहरूको सन्देश फैलाउन ट्वीटरको प्रयोग गरिराखेका छन्। 

प्रकाशित मिति: : 2020-02-23 21:31:41

प्रतिकृया दिनुहोस्