चीनमा हैन, अमेरिकामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरौं

नेपालमा धेरै पर्यटक आउने चीनलाई कोरोना भाइरसको ज्वरोले सताइरहेको छ। चिनिँया नागरिक अहिले अरु देशमा घुम्न जाने कुरा त परै जाओस्, आफ्नै देशमा पनि ढुक्कसँग हिड्न सक्ने अवस्था छैनन्। कोरोना भाइरसले आक्रान्त चीनलाई लक्षित गरेर नेपाल भ्रमण बर्ष २०२० लाई प्रचार-प्रसार गर्नु भनेको आगोमा घिउ थप्नुजस्तै हो।

नेपाल भ्रमण बर्षको प्रचार-प्रसारमा अहिले सरकारले ठूलो रकम विनियोजन गरेको छ। त्यो रकम चीनमा गएर प्रचार गर्नु भनेको बालुवामा पानी मिसाउनुजस्तै हो। अहिलेको अवस्थामा चिनिँया पर्यटकलाई नभएर विश्वकै ठूलो अर्थतन्त्रको देश भारतीय र अमेरिकी पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धन गर्न जरुरी छ। खुला सिमानाका कारण ठूलो संख्यामा नेपालमा भारतीय आउँछन्। तर, अझ पनि गुणस्तरीय भारतीय पर्यटक हामीले भित्राउन सकेका छैनौ। धेरै धार्मिक पर्यकको रुपमा भारतीय पर्यटक नेपाल घुम्न आउँछन्। त्यस्ता पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याउन जरुरी छ।

भारतीय पर्यटकले नेपालमा गर्ने खर्चको अनुपात र बसाइँ अवधि लम्ब्याउन विभिन्न प्याकेज तयार गर्न जरुरी देखिन्छ। भारतीय पर्यटकलाई लक्षित गरी दिल्ली, मुम्बई, राजस्थान, विहारलगायत क्षेत्रमा हुने पर्यटन महोत्सवमा नेपालको सहभागिता बढाउन जरुरी छ ।

अमेरिकामा हुने विभिन्न पर्यटन महोत्वसमा सहभागिता जनाए पनि त्यसबाट राम्रो प्रतिफल भने आउन सकेको छैन। अहिलेको युग भनेको सञ्चारको युग हो। यो अबस्थामा अमेरिकाको प्रख्यात सञ्चारमाध्ययमा नेपाल प्रचार गर्न जरुरी छ। सीएनएन, दी न्युयोर्क टाइम्स, दी वासिंगटन पोष्टलगायत अमेरिका केन्द्रित सञ्चारमाध्यमलाई लक्षित गरी अन्तर्राष्ट्रिय प्रचार गर्न नितान्त जरुरी देखिन्छ।

नेपालको छिमेकी देश चीन भएकोले त्यसको असर नेपालमा पनि छ कि भन्ने भ्रम अझ पनि अमेरिका, युरोपेली र अष्ट्रेलियाका नागरिकमा छ। हो, त्यस्ता देशमा भने नेपाल कोरोना फ्री-जोन हो भनेर प्रचार गर्दा राम्रो हुन्छ। पर्यटनमा विश्वकै ठूलो बजार रहेको अमेरिकी पर्यटकलाई लक्षित गरी अझ पनि हामीले कार्यक्रम ल्याउन सकेका छैनौ। सिधा हवाई उडान नहुदा अमेरिकी पर्यटकलाई नेपाल घुम्न महंगो पर्छ। अझ चीनमा कोरोनाको कारण त्यो क्षेत्र भएर नेपाल आउँन सकिरहेका छैनन्। यस्तो अबस्थामा कुन मार्गबाट नेपाल आउँदा उपयुक्त हुन्छ भन्ने सन्देश अमेरिकी पर्यटकमाझ पुर्याउन जरुरी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्डले अमेरिकामा हुने विभिन्न पर्यटन महोत्वसमा सहभागिता जनाए पनि त्यसबाट राम्रो प्रतिफल भने आउन सकेको छैन। अहिलेको युग भनेको सञ्चारको युग हो। यो अबस्थामा अमेरिकाको प्रख्यात सञ्चारमाध्ययमा नेपाल प्रचार गर्न जरुरी छ। सीएनएन, दी न्युयोर्क टाइम्स, दी वासिंगटन पोष्टलगायत अमेरिका केन्द्रित सञ्चारमाध्यमलाई लक्षित गरी अन्तर्राष्ट्रिय प्रचार गर्न नितान्त जरुरी देखिन्छ। हो, यसतर्फ पर्यटनमन्त्री योगेश भट्टराईको ध्यान जान जरुरी छ।

अमेरिकाको लसएन्जल्समा भर्खरै सम्पन्न दुईदिने एण्डभाञ्चर ट्राभल फेयरमा भ्रमण गर्ने धेरै आगन्तुकलाई नेपाल भ्रमण बर्षको अझ जानकारी नै नभएको सहभागि ट्रेकिङ एजेन्सिज एसोसियनस अफ नेपालका महासचिव सरिता लामाले बताइन्। नेपाल पर्यटन बोर्ड र टानको संयुक्त आयोजनामा भएको उक्त मेलामा सहभागीलाई नेपाल भ्रमण बर्षको आफूहरुले जानकारी गराएको लामाले बीएल नेपाली सेवालाई जानकारी गराइन्। नेपालको स्टलमा दुईहजार पाँचसयले भ्रमण गरेको जनाउँदै त्यसमध्ये एक सय जनालाई पनि भ्रमण बर्षको जानकारी नभएको उनको भनाइ छ । यसको अर्थ अझ पनि अमेरिकामा भ्रमण बर्षको प्रचार पुगेको छैन । त्यसकारण चीनमा नभएर अमेरिकी पर्यटनयतर्फ पो ध्यान दिने कि ?

प्रकाशित मिति: : 2020-02-23 21:32:54

प्रतिकृया दिनुहोस्