गर्ने होइन त फाइदै फाइदा हुने इन्टरमिटेन्ट फास्टिङ ?

देखापढी

काठमाडाै‌ं

नेपाली समुदायमा ब्रत बस्ने कुरा नौलो होइन। कोही बार अनुसार त कोही विभिन्न चाड पर्वमा दिनको एक छाक खाएर वा निराहार ब्रत बस्ने गर्छन्। 

प्रायः मानिसहरू स्वास्थ्यको चिन्ताले भन्दा पनि धार्मिक आस्थाका कारण ब्रत बसिरहेका हुन्छन्। तर, अब ब्रतलाई धर्म, आस्था वा विश्वाससँग मात्र नभई स्वास्थ्यसँग पनि जोडेर हेर्न थालिएको छ। मोटोपना घटाउन होस् या अन्य अस्वस्थता हटाउन, ब्रत उपयोगी बन्ने गरेको विभिन्न अध्ययनले नै प्रमाणित गरेका छन्। 

पश्चिमा मुलुकमा पनि ब्रतलाई नयाँ किसिमले परिभाषित गर्न थालिएको छ। ब्रत पछिल्लो समय ‘इन्टरमिटेन्ट फास्टिङ’ को रूपमा लोकप्रिय बन्दै छ र तौल घटाउने विभिन्न उपायमध्ये प्रमुख रोजाइमा पर्न थालेको छ। 

यो एकप्रकारको खानपानको तरिका हो, जसमा नियमित रूपमा अल्पकालिक ब्रत सामेल हुन्छ। 

छोटो समयका लागि ब्रत बस्दा कम क्यालोरी खाइन्छ। जसले शरीरको तौल नियन्त्रणसँग सम्बन्धित केही हर्माेनको सुधार गर्न मद्दत गर्छ।  

यहाँ इन्टरमिटेन्ट फास्टिङमा बढी प्रयोगमा आएका तीन विधिको चर्चा गरिएको छ। 

प्रकाशित मिति: : 2020-02-26 03:38:20

प्रतिकृया दिनुहोस्