नवीन अर्याल
सेक्यूरिटी प्रेस स्थापनामा घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग नाम जोडिएका अर्का चर्चित पात्र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडैल पहिलेदेखि नै ‘सेटिङ’ मा सिपालु भएको खुलासा भएको छ।
पौडेलले २०६६ सालमै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाल टेलिकममा नोकिया कम्पनीलाई प्रतिस्थापन गरी चीनको हुवावेलाई रेडियो एक्सेस नेटवर्क दिलाउन तत्कालीन सूचना तथा सञ्चार राज्यमन्त्री (स्व.) इन्द्रप्रसाद ढुङ्गेललाई ५ करोड घुस र एउटा गाडी उपहार दिने प्रस्ताव गरेका थिए।
नेपाल प्रधानमन्त्री हुँदा सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टीले क्याबिनेट स्तरको मान्यता दिलाएर ढुङ्गेललाई राज्यमन्त्री बनाएको थियो। त्यति बेला पौडेल तत्कालीन एमालेको सिफारिसमा सिंहदरबारस्थित सूचना प्रविधि केन्द्रको सहायक निर्देशक बनेका थिए।
त्यसबेला पौडेलले नेपाल टेलिकममा चिनियाँ कम्पनी हुवावेलाई भित्र्याउन मन्त्रीलाई ५ करोड रुपैयाँ घूस प्रस्ताव राखेका थिए। राज्यमन्त्री ढुङ्गेलको स्वकीय सचिव रहेका दिनेश कार्की उक्त घटना सम्झँदै भन्छन्, ‘उसले हुवावेसँग कुरा गर्न चिनियाँ प्रतिनिधिलाई एभरेष्ट होटलमा कोठा नै बुक गरेर राखेको थियो।’
कार्की हाल कमल थापा अध्यक्ष रहेको राप्रपामा केन्द्रीय सदस्य छन्।
मन्त्रालयमा हुने चलखेलबारे सूर्यबहादुर थापाले पहिलेदेखि नै आफूहरूलाई सतर्क बनाएको भन्दै कार्कीले बिएल नेपाली सेवासँग भने, ‘हामीलाई पार्टी अध्यक्षबाट निर्देशन थियो, मन्त्री बन्नुअघि ढुङ्गेलको छवी जति बेदाग छ, त्यही अवस्थामा बाहिर निकाल्नु।’
कार्कीले आफूलाई डेढ करोडको गाडी अफर गरेको पनि बताए। ‘मलाई पहिले नै लागेको थियो। यसले कसैलाई डुबाउँछ। नभन्दै अहिलेको सूचनामन्त्री जाकिएछन्। खोजी गर्यो भने उसको थुप्रै काण्ड बाहिर निस्किन सक्छ,’ उनले भने–‘सहायक निर्देशक हुँदा पनि उ निर्देशकलाई ओभरटेक गरेर काम गर्न खोज्थ्यो।’
उनले जापान र चीनको झगडामा आफूहरू नपर्ने भन्दै यो कुरालाई बीचैमा रोकेको बताए। ‘क्याबिनेटबाट लैजानु। प्रधानमन्त्रीलाई हामीले मिलाइसकेका छौं भन्थ्यो,’ कार्कीले भने–‘प्रधानमन्त्रीका सल्लाहकार रघु पन्तको समेत नाम लिन्थ्यो। हामीले प्रस्ताव क्याबिनेटमै लगेनौँ । पछि झलनाथ खनाल प्रधानमन्त्री भएपछि पास गराएछ।’
राष्ट्रिय सूचना केन्द्रको कार्यकारी प्रमुख सूवर्ण शाक्य हुँदा पौडैलले खासै चलखेल गर्न पाएका थिएनन्। उनको कार्यकाल समाप्त भएपछि सूचना केन्द्रमा अनुप बाँस्कोटाको ‘इन्ट्री’ भयो। यसपछि पौडेलले ‘सेटिङ’ गर्दै हिडेको राष्ट्रिय सूचना केन्द्रका कर्मचारीहरू बताउँछन्।
पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक कसरी नियुक्त भए? यस विषयमा पनि प्रश्न उठेको छ। गोकुल बाँस्कोटाको घुस मागेको अडियो टेप सार्वजनिक भएपछि उनी हतारहतार अमेरिका उडेका थिए।
पौडेलको श्रीमतीलगायत परिवार अमेरिकामै बस्छन् । उनको पनि पासपोर्ट अमेरिकाको हुन सक्ने आशंका स्रोतको छ। ‘चीनमा भएको भए यति ठूलो काण्डमा फासी हुनुपर्ने मान्छे देश छोडेर मजाले अमेरिका उडेछ,’ कार्कीले भने। उनी पौडेल नियुक्त भएको संस्था र उसको कामको विषयमा गम्भीर छानवीन हुनुपर्ने बताउँछन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया