बिएल संवाददाता
१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन भएको छ।
संशोधन गरिएको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर अन्तिम साता सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन सकिएको थिएन।
प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए। यस्तै टिममा लागि स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख दिने पनि प्रधामन्त्रीले घोषणा गरेका थिए।
एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। प्रधामन्त्रीको घोषणाअनुसार नै कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ। मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया