बिएल संवाददाता
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा विवाह गरेका छन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले ललितपुर जिल्ला अदालतमा 'कोर्ट म्यारिज' गरेका हुन्।
अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए। नायिका कार्कीले आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन्।
तस्बिरको क्याप्सन छ, 'मिस्टर एन्ड मिसेज'। अर्थात् आजबाट अभिनेत्री कार्की र जोशी श्रीमान श्रीमती भएका छन्। तस्बिरमा प्रियंकाले रातो साडीर आयुष्मान कालो सुट लगाएका छन्।

कानुनी रुपमा आज विवाह गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार विवाह गर्दैछन्। शुक्रबार नै विवाहपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन्।
उनीहरुले इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गरेका हुन्। यसअघि प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए ।
ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने आयुष्मान आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया