बिएल संवाददाता
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा विवाह गरेका छन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले ललितपुर जिल्ला अदालतमा 'कोर्ट म्यारिज' गरेका हुन्।
अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए। नायिका कार्कीले आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन्।
तस्बिरको क्याप्सन छ, 'मिस्टर एन्ड मिसेज'। अर्थात् आजबाट अभिनेत्री कार्की र जोशी श्रीमान श्रीमती भएका छन्। तस्बिरमा प्रियंकाले रातो साडीर आयुष्मान कालो सुट लगाएका छन्।

कानुनी रुपमा आज विवाह गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार विवाह गर्दैछन्। शुक्रबार नै विवाहपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन्।
उनीहरुले इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गरेका हुन्। यसअघि प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए ।
ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने आयुष्मान आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया