प्रहरी अनुसन्धानको निचोड- पूर्वसचिव कार्कीको घरमा भएको घटना ‘भवितव्य’

बीपी अनमाेल

काठमाडौं

ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनासम्बन्धी प्रहरीको अनुसन्धान लगभग पूरा भएको छ। 

घटनामा कार्कीकी श्रीमती मुना र घरमा सहयोगीका रूपमा कार्यरत विजय चौधरीको मृत्यु भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात विजयले मुनाको हत्या गरेपछि आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। 

तर, मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको निष्कर्ष निकालेको प्रहरीले हत्या गर्नुको कारण भने पहिल्याउन सकेन।

प्रहरीले अनुसन्धान प्रतिवेदन अब चाँडै जिल्ला सरकारी वकील कार्यालय ललितपुरमा बुझाउने तयारी गरेको छ। “अनुसन्धान सकिएको छ, अब केही सामान्य विषयबारे मात्र बुझ्न बाँकी छ”, प्रहरीले स्रोतले भन्यो, “छिट्टै सबै अनुसन्धानको विषय समेटेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाइने छ।” 

प्रकाशित मिति: : 2020-02-28 08:00:16

प्रतिकृया दिनुहोस्