सुन एकैदिन ताेलामा १८ सयले बढ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो। 

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ। 

यता चाँदी १० रुपैयाँले बढेको छ।

चाँदी बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-03-07 00:32:05

प्रतिकृया दिनुहोस्