कोरोना सन्त्रास साहित्य जगतमा, स्थगित हुन थाले पूर्वनिर्धारित कार्यक्रमहरू

देखापढी

काठमाडौं

काठमाडौं। साहित्यकार नयनराज पाण्डेले २१ फागुन साँझपख फेसबुकमा लामो स्टाटस लेख्दै कोरोनाको त्रास नहटुन्जेल कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको बताए। लेखे – ‘कोरोनाको त्रास नहटुन्जेल कुनै कार्यक्रममा नजाने निर्णय गरेको छु। आयोजकहरूले आफ्ना कार्यक्रम उपयुक्त समयसम्मका लागि स्थगित गरिदिए सबैलाई राम्रो हुन्थ्यो। यो सामान्य विषय होइन। मलाई त ज्यानको साह्रै माया लाग्छ। आफ्नो कारणले अरुको स्वास्थ्यमा असर नपरोस् भनेर हामी सबै सचेत हुनुपर्ने बेला हो यो।’ 

नयनराज मात्रै होइन, कोरोनाको त्रासका कारण अन्य साहित्यकारहरू पनि सार्वजनिक कार्यक्रम नगर्न र नजान सुझाव  दिन थालेका छन्।

प्रकाशित मिति: : 2020-03-07 03:19:52

प्रतिकृया दिनुहोस्