भारतका राज्यमन्त्री भी मुरलीधरन सेल्फ क्वारेन्टाइनमा

एजेन्सी

काठमाडाै‌ं

भारतका राज्यमन्त्री भी मुरलीधरन सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

गत हप्ता राज्यमन्त्री मुरलीधरन चित्र तिरूनल इन्स्टिच्यूड अस्पतालमा एक मिटिङमा सहभागी हुन पुगेका थिए।

सोही मिटिङमा सहभागी एक डाक्टरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको सोमबार राज्यमन्त्रीको कार्यालयले जनाएको छ। यद्यपि उनको रिपोर्ट अहिलेसम्म आएको छैन।

इण्डियन एक्सप्रेसका अनुसार ती डाक्टर स्पेनबाट फर्किएका थिए भने उक्त मिटिङमा भेला भएका अन्य डाक्टरलाई पनि क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। ती डाक्टरहरु अहिले विशेष निरानीमा रहेको बताइएको छ।

राज्यमन्त्रीले सुरक्षाका लागि १४ दिनसम्म दिल्लीस्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्। 

भारतीइ स्वास्थ्य विभागका अनुसार अहिलेसम्म १२८ जना यो भारइसबाट संक्रमित बनेका छन्। जसमा महाराष्ट्रका मात्रै ३६ जना रहेका छन्।

अहिले महाराष्ट्रमा स्कुल, कलेज बन्द गरिएको छ भने धार्मिक क्षेत्रमा समेत उपस्थित नहुन भनिएको छ।

प्रकाशित मिति: : 2020-03-18 04:32:09

प्रतिकृया दिनुहोस्