
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण फ्रेन्च ओपन टेनिस चार महिनापछि धकेलिएको छ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि फ्रेन्च ओपन सारिएको हो।
कारोना भाइरसकै कारण आउँदो मे को अन्तिम हप्तादेखि सुरु हुन लागेको टेनिस प्रतियोगिता सेप्टेम्बरका लागि सारिएको हो।
फ्रेन्च ओपन टेनिस सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्म हुनेछ।
अब युएस ओपन टेनिस सकिएको मात्रै एक हप्तापछि यो वर्षको फ्रेन्च ओपन टेनिस सुरु हुने छ।
कम्तिमा अप्रिल २० सम्मका लागि विश्वका सबै व्यवसायिक टेनिस खेलहरु बन्द गरिएका छन्।
१ .
२ .
३ .
४ .
५ .